पानामाद्वारा ताइवानसँगको सम्बन्ध रद्द

Posted on: June 13, 2017 | views: 254 एजेन्सी

पानामा, जेठ ३० । पानामाले ताइवानसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । पानामाले  ताइवानको सट्टामा चीनसँग सम्बन्ध विस्तार गरेर अघि बढ्ने निर्णय गरेको हो । उसले एक चीनमात्र रहेको र ताइवान पनि त्यसैको एक भाग भएको भन्दै चीनसँग सम्बन्ध विस्तार गर्ने निर्णय गरेको हो । 

ताइवानसँग सम्झौता गरेर ‘एक चीन’ नीतिलाई वेवास्ता गरेको भन्दै चीनले असन्तुष्टि देखाएपछि पानामाले यरस्तो निर्णय गरेको हो । चीनले अहिले पनि ताइवानलाई आफ्नो एक प्रान्तधको रुपमा मान्दै आएको छ तर केही मुलुकहरुले भने चीनको सट्टामा ताइवानसँग आफ्नो सम्बन्ध विस्तार गरिरहेका छन् । पछिल्लो समय पानामाले ताइवानसँग केही द्विपक्षीय सम्झौताहरु गरेको थियो । 

गएको डिसेम्बर महिनामा अफ्रिकी मुलुक साओ टोमले पनि यस्तो कदम चालेको थियो । अहिले ताइवानसँग सम्बन्ध रहेका २० मुलुकहरु रहेका छन् । गएको वर्षको जुन महिनामा ताइवानी राष्ट्रपति साई इङ–वेनले पानामाको भ्रमण गरेकी थिइन् । राष्ट्रपतिको रुपमा उनको यो पहिलो विदेश भ्रमण रहेको थियो ।

चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिले पानामाले ल्याएको योजना स्वागतयोग्य रहेको बताएको छ । 


Share your thoughts!