पृथ्वी जस्तै नयाँ ग्रह भेटिए, मानव जीवनको सम्भावना

Posted on: February 23, 2017 | views: 309 एजेन्सी

काठमाडौं, फागुन १२ । पृथ्वी जस्तै अन्य ग्रहको खोजीमा लागेका वैज्ञानिकहरुलाई पहिलोपटक ठूलो सफलता मिलेको छ । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक ताराको वरिपरि पृथ्वी जस्ता आकारका सात ग्रहबारे पत्ता लगाएका छन् ।

अध्ययनअनुसार यी सबै ग्रहका सतहमा पानी पाइने पूरा सम्भावना देखिएको छ । यीमध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको र ‘बस्न लायक’ भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । 

यी सातै ग्रह ट्«याप्पिस्ट–१ नामको तारो वरिपरि फैलिएका छन् । यो तारा धर्तीभन्दा ४० प्रकाश वर्ष टाढा छ । नासाको स्पिट्जर स्पेश दूरबिन र सतहबाट जोडिएका केही खगोल केन्द्रको मद्दतले यी ग्रहको खोजी गरिएको नेचर पत्रिकामा उल्लेख छ । 

यो अध्ययनपश्चात् अन्य ग्रहमा एलिएन हुनसक्ने वैज्ञानिकहरुको अनुमानमा थप बल पुगेको छ । अनुसन्धानको दोस्रो चरण सुरु भइसकेको छ । यसमा वैज्ञानिकहरु अक्सिजन र मिथेनजस्ता महत्वपूर्ण ग्यासको खोजी गरिरहेका छन् ।

Share your thoughts!