हङकङका नेतालाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

Posted on: February 22, 2017 | views: 303 एजेन्सी

हङकङ, फागुन ११ । हङकङका पूर्व नेता डोनाल्ड स्याङलाई ठूलो  भ्रष्टाचारको मुद्दामा २० महिनाको जेल सजाय सुनाइएको छ । ७२ वर्षीय स्याङले सन् २००५ देखि प्रमुख नेताको रुपमा सात वर्ष रहेका थिए । 

हङकङको अदालतले छ साताको सुनुवाईपछि यस्तो निर्णय गरेको हो । उनी विभिन्न सार्वजनिक तथा व्यापारिक क्षेत्रमा भएको ठूलो  भ्रष्टाचारमा दोषी रहेको पाइएको हो । 

हङकङको प्रमुख नेता रहेको बेलामा उनले ब्रोडकास्टरहरुलाई विलासी फ्ल्याट उपलब्ध गराएको भन्दै उनलाई जेल सजाय सुनाइएको हो । सन् २०१२ मा उनले आफूमाथि लगाइएको केही मुद्दाहरुको विषयमा माफी मागेका थिए । 

Share your thoughts!