कुपोषणको कारण यस वर्ष १४ लाख बालिबालिमा मर्दैछन् : युनिसेफ

Posted on: February 21, 2017 | views: 321 एजेन्सी

वासिङटन, फागुन १० । संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले सन् २०१७ मा कुपोषणको  कारण नाइजेरिया, सोमालिया, दक्षिणी सुडान र यमनमा १४ लाख बालिबालिकाको ज्यान जानसक्ने बताएको छ । 

यनमा दुई वर्षदेखिको युद्धको कारण चार लाख ६२ हजार बालिबालिकाहरु अहिले कुपोषणको सिकार भइरहेका युनिसेफको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी नाइजेरियको उत्तरी क्षेत्रमा चार लाख ५० हजार बालबालिकाहरुले कुपोषणको सामना गरिरहेको विवरणमा उल्लेख गरिएको छ । 

सोमालियामा देखिएको सुख्खापनको कारण एक लाख ८५ हजार बालबालिकाहरु अनिकालको मुखमा पुगेको युनिसेफले बताएको छ । यो संख्या केही महिनामा दुई लाख ७० हजार पुग्ने बताइएको छ । 

दक्षिणी सुडानमा दुई लाख ७० हजारभन्दा बढी बालबालिकाहरु कुपोषण तथा अनिकालको सिकार भइरहेका छन् । यसनिसेफका निर्देशक एन्थोनी लेकले छिटै कुनै महत्वपूर्ण कदम चाल्नका लागि सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले अझै पनि धेरैको जीवन बचाउन सक्ने अवस्थामा रहेको बताएका छन् । 


Share your thoughts!