मोसुल सहरमा इराकी फौजलाई महत्वपूर्ण सफलता

Posted on: February 20, 2017 | views: 233 एजेन्सी

मोसुल, फागुन ९ । इराकी फौजले मोसुल सहरको केही महत्वपूर्ण क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ । मोसुल विमानस्थल नजिकैका केही मरुभूमिहरुको आईएसको नियन्त्रण रहेका स्थानहरुमा इराकी फौजहरु परिचालन गरिएको जानकारी दिइएको छ । आइतबारबाट सुरु भएको आक्रमणमा इराकी फौजले महत्वपूर्ण सफलता हासिल गरेको हो । 

यद्यपि मोसुलका केही गाउँहरुमा रहेका हजारौं मानिसहरुको सुरक्षाको चिन्ता उब्जिएको छ । अझै पनि मोसुलका धेरै गाउँहरुमा हजारौं मानिसहरु आईएसको नियन्त्रणमा रहेका छन् । इराकी सरकारले गएको महिना आफ्नो फौजले आईएसको कब्जामा रहेको पूर्वी भागमा आफ्नो कब्जा जमाएको बताएको थियो । तर पश्चिमी भागमा भने सरकारको उपस्थिति केही कमजोर रहेको छ । यो क्षेत्र इराकको लागि एक चुनौती रहेको सरकारले बताएको छ । 

इराकको आतंकवाद नियन्त्रणको लागि काम गरिरहेको अमेरिकी सेनाका कमाण्डरले विश्वका कुनै पनि सैन्य समूहको लागि मोसुल आक्रमण सबैभन्दा कठिन युद्ध रहेको बताएका छन्  । 

इराकको यो सहर विगत केही समयदेखि अशान्त देखिएको छ । 


Share your thoughts!