आईएसद्वारा पाकिस्तानमा भीषण आक्रमण, कम्तीमा ७२ को मृत्यु

Posted on: February 17, 2017 | views: 313 एजेन्सी

इस्लामाबाद, फागुन ६ । पाकिस्तानको एक मस्जिदमा विहीबार भीषण आक्रमण भएको छ । आतंकवादी संगठन आईएसले गराएको उक्त आत्मघाती आक्रमणमा परी कम्तीमा ७२ जनाको ज्यान गएको छ । 

विहीबार पाकिस्तानको सिध प्रान्तको सेहवान गाउँमा प्रार्थना गरिरहेका मानिसहरुलाई लक्षित गरी आत्मघाती आक्रमण भएको हो । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाको निन्दा गरेका छन् । अहिले भएको आक्रमण पाकिस्तानमा सबैभन्दा धेरै मानिसहरुको ज्यान जाने गरी भएको आक्रमण हो । 

पाकिस्तानको उक्त मस्जिद धेरै प्रचलित र सबैभन्दा पुरानो धार्मिक स्थलको रुपमा रहेको थियो । पाकिस्तानको सबैभन्दा ठूलो एम्बुलेन्स सेवा प्रदायक एधि कल्याण्ड कोषले ज्यान गुमाउनेमध्ये ४३ जना पुरुष, नौ महिला र २० जना बालबालिका रहेको जानकारी दिएको छ । 

कम्तीमा दुई सय ५० जना मानिसहरु घाइते भएको पाकिस्तानी प्रहरीका एक वरिष्ठ अधिकारीले बताएका छन् । अघिल्लो आइतबारदेखि पाकिस्तानमा लगाताररुपमा भएको यो छैठौं आक्रमण हो । पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आत्र mमणमा परी त्यसयता करिब एक सय मानिसहरुले ज्यान गुमाइसकेका छन् ।


Share your thoughts!