अमेरिकामा मुस्लिमविरोधी समूह बढे

Posted on: February 16, 2017 | views: 305 एजेन्सी

वासिङटन, फागुन ५ । अमेरिकामा सन् २०१५ यता मुस्लिम धर्मलाई घृणा गर्ने समूहको संख्या तेब्बर पुगेको विवरण सार्वजनिक भएको छ । इस्लामिक आतंकवादी संगठनको आक्रमण तथा अनुदारवारी डोनाल्ड ट्रम्पको प्रभावको कारण  मुस्लिमविरोधी समूहहरु बढेका हुन् । 

मुस्लिमविरोधी समूहहरु सन् २०१५ मा ३४ रहेकोमा सन् २०१६ मा यो संख्या एक सय एकमा पुगेको एसपीएलसीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी मुस्लिमलाई घृणा गर्ने समूहरुहरु पनि नौ सय १७ ओटा पुगेका छन् । अघिल्ले वर्षमा यो नतिजा आठ सय ९२ मा रहेको थियो ।

अधिकारीहरुले सन् २०१६ विश्वको लागि एक घृणाले भरिएको वर्षको रुपमा रहेको बताएका छन् । अमेरिकामा राष्ट्रवादी समूहहरुमा भने गिरावट आएको पाइएको छ । सन् २०१२ सम्मको अवधिमा उल्लेख्य वृद्धि भएको राष्ट्रवादी समूहमा त्यसयता भने गिरावट आएको पाइएको हो ।


Share your thoughts!