इजरायल र प्यालेस्टाइन मिल्नुको विकल्प छैन : राष्ट्रसंघ

Posted on: February 16, 2017 | views: 282

कायरो, फागुन ५ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी ग्युटर्सले बुधबार इजरायल र प्यालेस्टाइन आपसमा मिल्नुको विकल्प नरहेको बताएका छन् । इजरायल र प्यालेस्टाइनबीचको लडाइँ रोक्ने विषयमा हुन लागेको वार्ता स्थागित नगर्नका लागि उनको सुझाएका हुन् । 

इजिप्ट भ्रमणको क्रममा रहेका उनले दुई मुलुकको स्थायित्वको लागि उनीहरु मिल्नुको विकल्प नरहेको र उनीहरुको सम्बन्धलाई सन्तुलनमा राख्नको लागि भने संयुक्त राष्ट्रसंघले सहयोग गर्ने उनको भनाइ छ । ग्युटर्सको भनाइसँगै अमेरिकी राष्ट्रपतिले पनि यसमा समर्थन जनाएका छन् । उनले इजरायल र प्यालेस्टाइनलाई अममेरिकाले दुवै मुलुकहरु आपसमा मिलेको खण्डमा सहयोग गर्ने बताएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति र इजरायली राष्ट्रपतिको बीचमा भेट वार्ताहुनुअघि प्लेस्टाइनले अमेरिकाले प्यालेस्टाइनको स्वतन्त्र मुलुक हुने लक्ष्यमा बाधा सिर्जना नगर्न आग्रह गरेको थियो । ग्युटर्सले संयुक्त राष्ट्रसंघ इजरायलको पक्षमा रहेको आरोपको पनि खण्डन गरेका छन् । उनले संयुक्त राष्ट्रसंघ केवल दुई मुलुकको समस्या समाधानको लागि अघि बढेको बताएका छन् । 

Share your thoughts!