मलेसियामा मारिए किम जोनका दाजु

Posted on: February 15, 2017 | views: 363 एजेन्सी

क्वालालम्पुर, फागुन ४ । उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनका दाजुको मलेसियामा मृत्यु भएको छ । मलेसियाको राजधानीमा रहेको क्वालालम्पुर विमानस्थलमा भएको विष आक्रमणमा पछि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो । 

यद्यपि अहिलेसम्म मृत्युको विषयमा विस्तृत जानकारी आएको छैन र आक्रमणकारीहरुको पनि पहिचान हुन सकेको छैन । यो मृत्यु सन् २०१३ मा किम जोन उनका काकालाई मृत्युदण्ड दिइएयताको उच्च खानदानको मानिसको मृत्यु हो । 

किम जोन नामामाथि मकाउ उड्ने तयारी गरिरहेको अवस्थामा आक्रमण भएको हो । उनको मृत्युको समाचार मंगलबारमात्र सार्वजनिक गरिएको थियो । अधिकारीहरुले अहिले यो विषयमा अनुसन्धान जारी रहेको र अब छिट्टै नै अनुसन्धान प्रक्रिया पनि पूरा हुने बताइएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार सिसि क्यामेरामा दुई महिलाहरु किमको वरीपरी घुमिरहेको र पछि उनीहरु ट्याक्सीमा भागेको पाइको छ । यो आक्रमण उत्तर कोरियाका एजेन्टहरुले गराएको हुनसक्ने अनुमान गरिएको छ ।  

आफ्ना सबैभन्दा कान्छा भाइ उत्तर कोरियाको सर्वोच्च नेताको रुपमा सन् २०११ मा आएपछि उनी उत्तर कोरियाभन्दा बाहिर नै रहँदै आएका थिए ।  


Share your thoughts!