तैरने न्युक्लियर प्लान्ट बनाउँदै चीन

Posted on: February 14, 2017 | views: 204 एजेन्सी

बेइजिङ, फागुन ३ । चीनले आगामी पाँच वर्षमा तैरने न्युक्लियर प्लान्ट बनाउने भएको छ । अफसोर योजनाहरुलाई स्थायित्व दिन र सामुद्रिक ग्यासको विस्तारको लागि यो उयोजना अघि सारिएको हो । 

चिनियाँ सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार चीनले अहिले अघि सारेको योजनाको लागि यसअघि नै अनुसन्धानको काम भइसकेको थियो । यो योजना चीनको २०२० मा सकिने पाँच वर्षे योजनाको एक महत्वपूर्ण भागको रुपमा रहेको बताइएको छ । 

चीनको लागि डिजेल जेनेरेटर एक प्रमुख ऊर्जाको स्रोत रहेका स्थानहरुका लागि यो योजना महत्वपूर्ण साबित हुने बताइएको छ । यस किसिमका ऊर्जाले वातावरण प्रदूषित बनाउने भएको कारण पनि चीनले तैरिने न्युक्लियर प्लान्ट स्थपना गर्ने भएको हो । यद्यपि यस किसिमको प्लान्ट राख्ने चीन पहिलो मुलुक भने होइन । यसअघि १९६० मा अमेरिकाले यस किससमको न्युक्लियर रियाक्टरको स्थापना गरेको थियो, जसले पानामा सुरुङ क्षेत्रको लागि विद्युत् प्रदान गर्ने गरेको थियो । अहिलेसम्मको अवस्थामा भने अमेरिका र रसियाले विद्युतीय ऊर्जाको लागि न्युक्लियर रियाक्टरको प्रयोग गर्दै आएका छन् । 

विश्वमा अहिले न्युक्लियर ऊर्जाबाट निकालिएको विद्युत्को हिस्सा ११ प्रतिशतको रहेको छ, जसमा चीनले तीन प्रतिशतको हिस्सा ओगटेको छ । सन् २०११ मा जापानको फुकुसिमामा भएको न्युक्लियर दुर्घटनाबाट पाठ सिक्दै अघि चीनले न्युक्लियरमा सुरक्षा अपनाउनको लागि जोड दिएको छ । चीनले सन् २०१६ को जनवरी महिनामा न्युक्लियर सुरक्षाको नीति पारित गरेको थियो । 


Share your thoughts!