ट्रम्पको आगमनपछि उत्तर कोरियाको पहिलो मिसाइल परीक्षण

Posted on: February 12, 2017 | views: 277

सोल, फागुन १ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि पहिलोपटक मिसाइल परीक्षण गरेको छ । ट्रम्पले भने उत्तर कोरियाको मिसाइल परीक्षणबाट नआत्तिनका लागिथ जापानलाई आग्रह गरेका छन् । उनले अमेरिका जापानको पक्षमा रहेको भन्दै उनले जापानलाई शतप्रतिशत सहयोग गर्ने बताएका हुन् । 

दक्षिण कोरियाले दिएको जानकारी अनुसार उत्तर कोरियाले जापानको सागरतर्फ करिब पाँच सय किलोमिटरको क्षमता रहेको मिसाइल प्रक्षेपण गरेको हो । जापानी प्रधानमन्त्री सिन्जो अवेले अहिले गरिएको मिसाइल प्रक्षेपण सह्य नरहेको बताएका छन् । जापानी अधिकारीहरुले उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपण आफ्नो पानीमा आइनपुगेको बताएका छन् । 

उत्तर कोरियाले अघिल्लो वर्ष पनि उल्लेख्य मिसाइल प्रक्षेपण गरेको थियो र यस वर्ष पनि उक्त प्रक्षेपणलाई निरन्तरता दिनसक्ने संकेत दिएको छ ।  अहिले गरिएको मिसाइलले पाँच सय ५० किलोमिटरको उचाइसम्म पुगेको बताइएको छ । 


Share your thoughts!