यमनमा सरकार र विद्रोहीबीचको भीडन्तमा ३२ को मृत्यु

Posted on: February 09, 2017 | views: 172 एजेन्सी


यमन, माघ २७ । बुधबार यमनमा भएको विद्रोही संगठन र सरकारी सेनाबीचको भीडन्तमा परी ३२ जनाले ज्यान गुमाएका छन् । अधिकारीहरुले बताएअनुसार यमनको उत्तरी क्षेत्रमा उक्त भीडन्त भएको हो । समाचारमा बताइएअनुसार यमनको राजकीय सेना पछिल्लो समय सरकारी नियन्त्रण बढउने उद्देश्यका साथ अघि बढिरहेको अवस्थामा यो भीडन्त भएको हो । 

बुधबारको भीडन्तमा परी २४ जना विद्रोही सेनाको ज्यान गएको बताइएको छ । जसमध्ये १२ जनालाई हस्पिटलमा ल्याइएको थियो भने पछि फेला परेका १२ शवलाई भने मोखामा गाडिएको थियो । साथै आठजना सैनिकको पनि ज्यान गएको थियो । 

गएको जनवरी ७ बाट यमनी सेनाले विद्रोहीको कब्जामा रहेको भूमि फिर्ताको कार्य सुरु गरेको थियो । पछिल्लो समय लाल सागर क्षेत्रको कारबाही तीव्र पारिएसँगै अहिलेसम्म भीडन्तमा परी चार सयजनाको ज्यान गइसकेको छ । 


Share your thoughts!