२०४० सम्ममा अमेरिकी विश्वको तेस्रो स्थानमा खस्किने

Posted on: February 08, 2017 | views: 262 एजेन्सी

काठमाडौं, माघ २६ । सन् २०४० सम्ममा विश्वको आर्थिक अव्स्थामा उल्लेख्य परिवर्तन हुने पाइएको छ । उक्त अवधिसम्ममा अमेरिकामा विश्वको अर्थतन्त्रको हिसाबमा दोस्रो स्थानमा पनि नअटाउने देखिएको छ । विश्वको आर्थिक विकासमा काम गरिरहेको संस्था पीडब्ल्यूसीले सार्वजनिक गरेको विवरणले उक्त अवधिमा भारतले पनि अमेरिकालाई आर्थिक हिसाबमा पछि पार्नसक्ने देखिएको हो । लामो समयपछि भारत अहिले तीव्र गतिको आर्थिक विकासमा अघि बढिरहेको कारण पनि भारतले महत्वपूर्ण आर्थिक सफलता हासिल गर्नसक्ने देखिएको हो । 

पीडब्ल्यूसीले सार्वजनिक गरेको विवरणअनुसार चीनको कूल घरेलु उत्पादनको नतिजा अमेरिका र भारत दुवैको भन्दा बढी रहँदै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा रहने छ । अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको मुलुकको रुपमा अमेरिका रहेको छ भने चीन दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको भारत पनि आफ्नो अर्थिक अवस्थामा द्रुतगतिको सुधारको क्रममा रहेको छ । 

पछिल्लो विवरणअनुसार तेस्रो स्थानमा रहेको भारतले सन् २०१७–२०५० सम्मको अवधिमा औसतरुपमा चार दशमलव ७९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । यो विवरणअनुसार विश्वको अर्थतन्त्रमा अहिले सात प्रतिशत हिस्सा रहेको भारतको हिस्सा १५ प्रतिशतमा पुग्ने देखिएको छ । 

भारतको लागि जनसंख्यामा देखिएको उल्लेख्य वृद्धिदरको नतिजा पनि आर्थिक सुधारको एक प्रमुख कारण रहेको देखिएको छ । भारतले औसतरुपमा हासिल गर्न लागेको चार दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदरमा शून्य दशमलव ७ प्रतिशत हिस्सा भने जनसंख्यामा देखिएको वृद्धिदरको रहेको विवरणमा उल्लेख गरिएको छ । 

१० वर्षअघि भारतको भन्दा छ गुणा कम बसोवास भएको अमेरिकाको उत्पादनको नतिजा पनि भारतको भन्दा बढी रहेको थियो । पछिल्लो समय भने एसियाका चीन तथा भारत आर्थिक क्षेत्रमा उल्लेख्य वृद्धिदरको साथमा अघि बढिरहेको छ ।


Share your thoughts!