सन् २०१६ मा अफगानिस्तानमा नौ सय भन्दा बढी बालबालिका मारिए

Posted on: February 07, 2017 | views: 224 एजेन्सी

काबुल, माघ २५ । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तानमा सन् २०१६ मा नौ सयभन्दा बढी बालबालिकाले ज्यान गुमाएको देखिएको छ । 

संयुक्त राष्ट्र सहायता मिसनले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अफगानिस्तानमा बालबालिकाहरु मारिने नतिजामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको हो । 

अफगानिस्तानका बालबालिकाहरुको लागि सन् २०१६ हिंस्रक वर्षको रुपमा रहेको देखिएको छ । यो वर्षमा समग्र हिसाबमा ३४९८ मानिसहरु मारिएका थिए, जसमा नौ सय २३ बालबालिकाहरु रहेका थिए । साथै ७९२० मानिसहरु घाइते भएका थिए । 


Share your thoughts!