एक चुनाव पनि नलडेकी शशिकला मुख्यमन्त्री !

Posted on: February 06, 2017 | views: 265 एजेन्सी

चेन्नई, माघ २४ । बी.के शशिकला भारतको टामिलनाडुको मुख्यमन्त्री बन्ने भएकी छिन् । अहिलेसम्म कुनै चुनाव नलडेकी उनले यसअघि जयललिताको साथमा रहेको काम गरेको आधारमा मुख्यमन्त्री बन्ने भएकी हुन् । 

बी के शशिकलाले कुनै चुनाव नजितेकी भए पनि उनको पार्टी एआईएडीएमकेमा भने उनको राम्रो पकड रहेको छ । उनको राजनीतिक जीवन भने रोचक र कठिनाइले भरिपूर्ण रहेको छ । यद्यपि उनले छोटो समयमा नै ठूलो राजनीतिक सफलता हासिल गरेकी थिइन् ।

हाइस्कुलको पढाइ पूरा नगर्दै पढाइ छाडेकी शशिकलाले सरकाकारमा सूचना एवं जनसम्पर्क अधिकारी रहेका एम नाटराजनसँग विवाह गरेका थिए र उनले जयललितासँग उनको भेट गराइदिएका थिए । केही समयपछि उनीहरुको बीचमा मित्रता प्रगाढ बनेको थियो । बीचमा एक पटक केही खटपट देखिएको भए पनि शशिकलाले जयललिताको साथ अन्तिम समयसम्म पनि दिएकी थिइन् । 

पार्टीले सर्वसम्मतरुपमा उनलाई विधायक दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खाली भएको हो ।


Share your thoughts!