सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन

Posted on: February 06, 2017 | views: 210

वासिङटन, माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमाक्षेत्रमा निगरानी बढाउनका लागि निर्देशन दिएका छन् । अमेरिकामा विभिन्न सात मुस्लिम मुलुकहरुबाट आउने नागरिकहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेपछि ट्रम्पले पहिलोपटक यस किसिमको निर्देशन दिएका हुन् । 

ट्रम्पले आफ्नो कार्यलाई अदालतले निकै कठिन बनाएको भन्दै यदि कुनै अप्रिय घटना घटेको खण्डमा यसको जिम्मेवारी अदालतले लिनुपर्ने बताएका छन् । गएको शुक्रबार अमेरिकाको उच्च अदालतले अमेरिकाको भ्रमणमा सात मुलुकका नागरिकहरुलाई प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगराउनका लागि निर्देशन दिएको थियो तर ट्रम्पले यो निर्देशनलाई पुनरावलोकन गर्नको लागि आग्रह गरिसकेका छन् । 

ट्रम्पले आफूले सीमाक्षेत्रमा निगरानी गर्ने सुरक्षाकर्मीहरुलाई निकै सावधानीपूर्वक काम गर्नको लागि निर्देशन दिएको बताएका छन् । अमेरिकामा यो निर्णय धार्मिक स्वतन्त्रताको विरुद्धमा रहेको भन्दै ट्रम्पको विरोध हुँदै आएको छ । उनले विशेषगरी मुस्लिम राष्ट्रलाई लगाएको प्रतिबन्धको कारण विरोध भएको हो । 

ट्रम्पले भने आफ्नो उद्देश्य धार्मिक विभेद गर्नु नरहेको तर अमेरिकामा आतंकवादी गतिविधि रोक्नका लागि यो आवश्यक रहेको बताएका छन् । 


Share your thoughts!