ट्रम्पको रिसोर्ट अगाडि दुई हजारभन्दा बढीको प्रदर्शन

Posted on: February 05, 2017 | views: 272 एजेन्सी

फ्लोरिडा, माघ २३ । अमेरिकाको फ्लोरिडा राज्यस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मको गल्फ क्लब अगाडि ठूलो जनप्रदर्शन गरिएको छ । विश्वका सात मुस्लिम मुलुकहरुका नागरिकमाथि लगाइएको भ्रमणमा प्रतिबन्धको विरोधमा दुई हजारभन्दा बढीले उक्त प्रदर्शन गरेका हुन् ।  

दोस्रो विश्वयुद्ध लडेका एक व्यक्तिले अहिले स्वतन्त्रताको लागि केही वर्षको लागि अमेरिकामा संघर्ष हुने बताए ।  उनले आफ्ना अधिकारहरु फिर्ता नगरिएसम्म सदैव संघर्षका लागि खडा रहने उनले बताए । 

 प्रदर्शनमा सहभागीहरुले ट्रम्पको प्रतिबन्ध लगाउने र पर्खाल लगाउने निर्णयको विरोध गरेका थिए । प्रजातान्त्रिक मुलुकमा स्वतन्त्रता दिइनुपर्ने उनीहरुको भनाइ रहेको छ । 

गएको जनवरी २७ मा ट्रमपले अमेरिका भ्रमणको लागि सात मुलुकहरुका नागरिकहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए भने  उक्त मुलुकहरुका शरणर्थीहरुलाई अमेरिका प्रवेशमा एक सय २० दिनको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि सिरियाका शरणार्थीहरुलाई भने अमेरिका प्रवेशमा लामो समयसम्मको रोक लगाइएको थियो । 

ट्रम्पको भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्नको लागि अमेरिकी न्यायालयले रोक लगाएको भए पनि ट्रम्पले यो निर्णयमा पुनरावलोकनको लागि आग्रह गरेका छन् ।


Share your thoughts!