इराक र सिरियामा गल्तीको कारण दुई सय सर्वसाधारणको मृत्यु

Posted on: February 03, 2017 | views: 281 एजेन्सी

वासिङटन, माघ २१ । अमेरिकी सेनाले अहिलेसम्म आफ्नो गल्तीको कारण इराक र सिरियामा दुई सय जना सर्वसाधारणहरुको ज्यान गएको विवरण सार्वजनिक गरेको छ । 

अमेरिकी सेनाले सन् २०१६ के अन्तिममा ११ जना सर्वसाधारणहरुको ज्यान गल्तीको कारण गएको विवरण सार्वजनिक गरेसँगै समग्रमा अमेरिकी सेनाको गल्तीको कारण इराक तथा सिरियामा मृत्यु हुने सर्वसाधारणको संख्या दुई सय पुगेको हो । 

अमेरिकाले इस्लामिक स्टेट आईएसको विरुद्धमा इराक तथा सिरियामा आफ्नो कारबाही सुरु गरेयता दुई सय निर्दोष मानिसहरुको ज्यान गएको पाइएको हो । अमेरिकी सेनाका केन्द्रीय कमान्डरले भने सार्वजनिक भएको ११ सर्वसाधारणको विवरणमा चार जनाको मृत्यु भएको विवरण मात्र विश्वसनीय रहेको र अन्य विवरण भने विश्वसनीय नरहेको बताएका छन् । 

सात विवरणहरु विश्वासयोग्य नरहेको र १० मृत्युको विवरणहरु अहिले पुनरावलोकनको क्रममा रहेको बताइएको छ । यद्यपि धेरै स्वतन्त्ररुपमा निरीक्षण गरिरहेको संस्थाहरुले भने अमेरिकाको हवाई आक्रमणमा परी सयौं निर्दोष मानिसहरुले ज्यान गुमाएको बताउँदै आएका छन् । 

अमेरिकाले इराकमा सन् २०१४ को अगष्ट महिनामा आफ्नो कारबाही सुरु गरेको थियो भने सिरियाको त्यसको एक महिनापछि सुरु गरेको थियो । 


Share your thoughts!