इरानको मिसाइल परीक्षण असफल

कस्तो प्रकृतिको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ : अमेरिका

Posted on: January 31, 2017 | views: 225 एजेन्सी

वासिङटन, माघ १८ । इरानले सोमबार गरेको मिसाइल परीक्षण असफल भएको छ । कुन किसिमको मिसाइल हो भन्ने विषयमा जानकारी आइनसकेको भए पनि उक्त मिसाइल परीक्षण सफल हुन नसकेको कारण पुनः पृथ्वीको वायुमण्डलमा फर्केको बताइएको छ । 

यस विषयमा अधिकारीहरुलाई जवाफ दिनको लागि अनुमति दिइएको छैन । अमेरिकाले भने केही समयभित्रमा यसको विषयमा विस्तृत विवरण आउने बताएको छ । इरानले अहिले गरेको परीक्षण संयुक्त राष्ट्रसंघको नियम विपरीत रहेको छ । 

इरानलाई संयुक्त राष्ट्र संघले सन् २०१५ को न्युक्लियर सम्झौतामा आठ वर्षसम्म न्युक्लियर परीक्षणको अनुमति नदिएको भए पनि इरानले उक्त परीक्षण गरेको हो । अहिले अमेरिका इरानको परीक्षणले अमेरिकाको कुन नियमको अवहेलना गरेको हो भन्ने विषयमा अध्ययन गरिरहेको  बताइएको छ । साथै यो नयुक्लियर परीक्षणको भर्त्सना पनि गरिएको छ । 


Share your thoughts!