फिलिपिन्समा लम्बियो लागूऔषध विरुद्धको लडाँइ

Posted on: January 30, 2017 | views: 217 एजेन्सी

मनिला, माघ १७ । फिलिपिन्सका राष्ट्रपति रोड्रियो ड्युट्रेकले आफ्नो कार्यकालको अन्तिमसम्म लागू औषधविरुद्धको  लडाँइ जारी रहेने बताएका छन् । उनले आफ्नो कार्यकालमा प्रहरी बलको पनि सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसअघि ड्युट्रेकले विश्वको लागि अनौठो कसिमको यो कार्यक्रम आफू राष्ट्रपति भएको केही समयको लागि मात्र रहने बताएका थिए । उनी राष्ट्रपति भए पछि फिलिपिन्सका लागू औषधका हजारौं आरोपीहरु मारिइसकेका छन् । तिनीहरुमध्ये धेरैजसो प्रहरीबाट मारिएका छन् । 

यद्यपि फिलिपिन्सका केही अफिसरहरु भने अपहरण र हत्यामा संलग्न रहेको पाइएको थियो । यसअघि राष्ट्रपतिले आफ्नो लागू औषधविरुद्धको लडाँइ गएको डिसेम्बर महिनासम्म जारी रहने बताएका थिए भने त्यसपछि उनले त्यसलाई बढाउँदै आगामी मार्च महिनासम्म पु¥याएका थिए । आइतबार भने उनले फिलिपिन्सको लागू औषधविरुद्धको लडाँइ आफ्नो कार्यकालको अन्तिमसम्म पनि जारी रहने बताएका हुन् । 

फिलिपिन्सको कानुनमा एक राष्ट्रपतिले छ वर्षसम्म मात्र शासन गर्न पाउने व्यवस्था रहेको छ । यद्यपि उनले यो योजनाको मानवअधिकारवादी र पश्चिमा मुलुकहरुले विरोध गरिरहेका छन् । 

ड्युट्रेकले आफ्ना प्रहरी संगठनभित्रका मानिसहरुमाथि पनि कारबाही गरिने बताएका छन् । उनले गएको अक्टोबर महिनामा दक्षिण कोरियाका एक व्यपारीको हत्यामा दोषी रहेका प्रहरीहरुलाई कारीबाही गरिने बताएका हुन् । उनले प्रहरी पनि भ्रष्ट रहेको बताएका छन् उनले संगठनका ४० प्रतिशत प्रहरीहरु भ्रटाचारमा संलग्न रहेको बताएका छन् । 


Share your thoughts!