कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु

Posted on: March 19, 2020 | views: 58 रासस-एएफपी

जेनेभा, चैत ६ । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ । 


Share your thoughts!