कोरोना भाइरस : हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

Posted on: February 05, 2020 | views: 103 रासस-सिन्ह्वा

हङकङ, माघ २२ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । 

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा  कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ । 

Share your thoughts!