रुसमाथि थप प्रतिबन्ध लगाउने ईयूको चेतावनी

Posted on: November 28, 2018 | views: 46 एजेन्सी

जर्मनी, मंसिर १२ । यूरोपेली संघ (ईयू)ले आगामी महिना रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ । पछिल्ला केही दिनयता यूक्रेनमा भएका गतिविधिलाई लिएर प्रतिबन्ध लगाउन लागिएको ईयूका अध्यक्ष करिन नेइसलले बताएका हुन् ।

रुस र यूक्रेनबीच पछिल्ला केही दिनयता नौसैनिक जहाजका विषयमा विवाद बढेको छ । उनले भने, ‘सम्भवतः यो रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा विषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेशअनुसार निर्णय लिइनेछ ।

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसलले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सबै कुरा दुवैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहने जानकारी दिए । 


Share your thoughts!