मोदी सरकारविरुद्ध किसान र मजदूरले सुरु गरे आन्दोलन

Posted on: September 05, 2018 | views: 380 सुशासन संवाददाता

दिल्ली, भदौ २० । भारतका किसान तथा मजदूरहरुले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । महँगी, न्यूनतम भत्ता, ऋण माफी लगायतका मुद्दालाई लिएर उनीहरुले राजधानी दिल्लीमा प्रदर्शन गरेका हुन् । बुधबार बिहान किसानको ¥याली रामलीला मैदानबाट सुरु भएर संसद् मार्गसम्म पुगेको छ । 

प्रदर्शनमा भारतभरिबाट आएका किसान सहभागी छन् । बाढीबाट प्रभावित भएको केरलाका किसान पनि प्रर्दशनमा संलग्न छन् । उनीहरुले सरकारको नीति गलत भएको र किसान, मजदूर र गरीबका लागि सरकाले आफ्नो नीति बदल्नुपर्ने माग राखेका छन् । यस प्रदर्शनको नेतृत्व अल इण्डिया किसान महासभाले गरेको छ, जसमा अखिल भारतीय किसान महासभालगायतले ऐक्यबद्धता जनाएका छन् । 

आन्दोलनकारीको प्रमुख माग के हो ? 

आन्दोलनकारीले मूल्यवृद्धि रोक्नुपर्ने, खाद्य वितरण प्रणाली ठीक गर्नुपर्ने, रोजगारीको व्यवस्था गर्नुपर्नेलगायत माग गरेका छन् । सबै मजदूरका लागि न्यूनतम मजदूरी भत्ता प्रतिमहिना १८ हजार रुपैयाँ तय गर्नुपर्ने बताएका छन् । 

त्यस्तै, मजदूरविरोधी कानून रोक्नुपर्ने, किसानका लागि स्वामीनाथन कमिटीको सिफारिश लागू हुनुपर्ने, गरीब मजदूर तथा किसानको ऋण माफी गर्नुपर्ने माग गरिएको छ । यसभन्दा अघि पनि भारतका कैयौं स्थानमा किसानहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका थिए । 


Share your thoughts!