समुद्री आँधीबाट जापानमा कम्तीमा १० जनाको मृत्यु, सयौं घाइते

Posted on: September 05, 2018 | views: 82 सुशासन

काठमाडौं, भदौ २० । जापानमा सामुद्रिक आँधीका कारण कम्तीमा १० जनताको मृत्यु भएको छ भने सयौं व्यक्तिहरु घाइते भएका छन् । उक्त आँधी विगत २५ वर्षयताकै शक्तिशाली रहेको बीबीसीले जनाएको छ । 

पश्चिमी क्षेत्रमा पुगेको जेबी नामक समुद्री आँधीले भारी वर्षा र प्रतिघण्टा १७२ किलोमिटर वेगको हावाहुरी निम्त्याएको छ भने ओसाका बेस्थित एउटा पुलमा आँधीले एउटा ट्यांकर उडाइदिएको छ । क्योटोका केही क्षेत्रमा रेल्वे स्टेशनका छानाहरू खसेका छन् । 

सम्बन्धित अधिकारीहरूले बाढीपहिरो बढ्न सक्ने भन्दै स्थानीयलाई सचेत गराएका छन् । उनीहरुले प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान भनेका छन् । सयौँ संख्यामा हवाई उडानहरूका साथै रेल्वे तथा पानीजहाज सेवा स्थगित गरिएको छ ।


Share your thoughts!