पाकिस्तानको निर्वाचनमा बम विष्फोट, ३१ को मृत्यु

Posted on: July 25, 2018 | views: 452 सुशासन संवाददाता

काठमाडौं, साउन ९ । पाकिस्तानमा नयाँ सरकारका लागि बुधबार भइरहेको निर्वाचनमा बम विष्फोट भएको छ । बलुचिस्तानको क्वेटा शहरमा भएको बम विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । 

क्वेटाको एक मतदान केन्द्रको नजिकै एक आत्मघाती बम विष्फोट भएको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आत्मघाटी बम विष्फोट बिहान करिब ११ बजेतिर भएको हो । 

आत्मघाती हमलाकारीले यो विष्फोट एक पुलिस भ्यानको नजिक गरेका थिए, जसका कारण मर्ने व्यक्तिहरुमा ३ प्रहरी पनि रहेका छन् । विष्फोटमा दुई बच्चाको समेत मृत्यु भएको छ । विष्फोटमा घाइते सबै व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ । 

२ सय ७० सदस्यीय संघीय संसद र ५ सय ७७ सदस्यीय प्रान्तीय सभा सदस्यका लागि आज पाकिस्तानमा मतदान भइरहेको छ ।

Share your thoughts!