लसएञ्जल्सको सुपरमार्केटमा गोली चल्यो, एक पक्राउ

Posted on: July 22, 2018 | views: 392 सुशासन

न्युयोर्क, साउन ६ । अमेरिकाको लसएञ्जल्सको एक सुपरमार्केटमा बन्दूकधारीले अन्धाधुन्द गोली प्रहार गरेको छ । यद्यपि, प्रहरीले सो क्षेत्रलाई घेर्नुका साथै संदिग्ध बन्दुकधारीलाई हिरासतमा लिएको छ । बन्दूकधारीले पहिले वृद्ध महिला र युवतीमाथि गोली प्रहार गरेको र प्रहरीसँग भीडन्तपश्चात् त्यहाँबाट भाग्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

अमेरिकी प्रहरीका अनुसार गोली प्रहारको क्रममा सो सुपरमार्केटमा धेरै व्यक्तिहरु थिए र उनीहरुलाई हात माथि गर्न लगाएर बाहिर निकाल्न लागिएको थियो । घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सञ्चारमाध्यम सीएनएनका अनुसार सो क्रममा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । एजेन्सी


Share your thoughts!