रसियामा विमान दुर्घटना, ७१ को मृत्यु

Posted on: February 12, 2018 | views: 895 एजेन्सी

मस्को, माघ २९ । रसियाको यात्रुवाहक हवाई विमान आइतबार राजधानी सहर मस्को नजिकै दुर्घटनामा परेको छ । विमानस्थलबाट उडेको केही समयमा नै सो विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परी विमानमा सवार सबै ७१ जनाको ज्यान गएको छ । 

यो दुर्घटना रसियाको हवाई क्षेत्रमा देखिएको अहिलेसम्मकै सबैभन्दा ठुलो दुर्घटना हो । अनुसन्धानकर्ताहरुले दिएको जानकारीअनुसार एएन–१४८ विमान दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६५ जना यात्रुहरु तथा छ जना क्र्यु मेम्बरहरु रहेको बताइएको छ । रसियन अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार यो दुर्घटनामा ज्यान गुमाउनेमा तीनजना बालबालिकाहरु पनि रहेका छन् । 

अहिलेसम्म के कारणले दुर्घटना भएको हो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । रसियाले उद्धारको लागि दुर्घटना भएको क्षेत्रमा चार सय उद्धारकर्ताहरु र ७० सवारीसाधनहरु परिचालन गरेको छ । रसियामा नै निर्माण भएको उक्त विमान सात वर्ष पुरानो रहेको बताइएको छ ।  रसियन एयरलाइन्सले यो विमान एक वर्षअघि खरिद गरेको थियो ।

Share your thoughts!