किम जोनकी बहिनीले दक्षिण कोरियाको भ्रमण गर्ने

Posted on: February 07, 2018 | views: 755 एजेन्सी

सोल, माघ २४ । उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनकी बहिनीले दक्षिण कोरियाको भ्रमण गर्ने भएकी छिन् । शुक्रबार राजधानी सहर सोलमा आयोजना हुने शीतकालीन ओलम्पिकको ओपनिङ सेरेमोनीमा भाग लिनको लागि किम यो जोङ दक्षिण कोरिया आउन लागेकी हुन् ।

दक्षिण कोरियाको आधिकारिक विभागले दिएको जानकारीअनुसार यो विशेष समारोहका लागि उत्तर कोरियाले आफ्ना वरिष्ठ अधिकारीलाई दक्षिण कोरिया पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष यो जोङलाई पोलिट्ब्युरोमा प्रमोसन गरिएसँगै अहिले उत्तर कोरियामा उनको स्थान केही मजबुद रहेको छ । शुक्रबार दुवै कोरियाहरु एकै झण्डामुनि मार्चपास गर्दै छन् । 

उत्तर कोरियाको यो प्रतियोगितामा सहभागिता दुई मुलुकहरुको बीचमा केही सम्बन्ध विस्तार हुने अनुमान गरिएको छ । यद्यपि केही विश्लेषकहरुले भने यसले उत्तर कोरियाको मिसाइलको महत्वाकांक्षामा कुनै किसिमको परिवर्तन ल्याउन नसक्ने बताएका छन् । 

अमेरिकाले भने उत्तर कोरियाले ओलम्पिकमा भाग लिने निर्णय गर्नु उसको अर्को षडयन्त्र रहेको बताएको छ । उसले आफ्ना उपराष्ट्रपति माइक पेन्सलाई यो समारोहमा भाग लिन पठाएको छ । उत्तर कोरियन टोलीका दुई सय ८० सदस्यहरुमा धेरैजसो दक्षिण कोरिया आइपुगिसकेका छन् ।  


Share your thoughts!