अमेरिका शीतयुद्धको मानसिकताबाट बाहिर आउनुपर्छ : चीन

Posted on: February 04, 2018 | views: 364 एजेन्सी

बेइजिङ, माघ २१ । चीनले अमेरिकामा शीतयुद्धका मानसिकता रहेको बताएको छ । अमेरिकाले चीनलाई कमजोर आँक्नु उसको भूल हुने चेतावनी पनि चीनले दिएको छ । शुक्रबार अमेरिकाले आफ्नो न्युक्लियर क्षमता बढाउने विषयलाई लिएर जारी गरेको विवरणसँगै चीनको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । 

चीनको विदेशमन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘शान्ति र विकाको मुद्दा  विश्वभर स्थायी रहेको छ । अमेरिकाजस्तो मुलुक, जो सँग सबैभन्दा बढी न्युक्लियर हतियार छ, यो सिद्धान्तमा काम गर्नुपर्ने हुन्छ ।’

अमेरिकाको साना परमाणु हतियारहरुको विकास गर्ने किसिमको नीतिको रसियाले पनि भर्त्सना गरिसकेको छ । रुसले अमेरिकाको यस किसिमको प्रयास थप विवादलाई जन्म दिनु रहेको बताएको छ । रसियाले यो कारणले दुई मुलुकको बीचमा आगामी दिनमा सम्बन्ध थप चिसिने खतरा पनि रहेको बताएको छ । यस महिनाको सुरुवातमा अमेरिकी सेनाको लागि ल्याइएको नयाँ सुरक्षा रणनीति खचीन र रसियालाई लक्षित रहेको थियो । अमेरिकी अधिकारीहरुका अनुसार आफ्नो कम क्षमता भएका परमाणु हतियारको माध्यमबाट अमेरिका रुसको खतरालाई टार्नका लागि सक्षम हुनेछ । 

चीनले अमेरिकाले आफ्नो नीति परमाणु हतियारको विकास सीमित गर्नु रहेको बताउँदै आएकोमा उसले नै परमाणु हतियार विकासको योजना अघि सार्नु उचित नरहेको चीनको तर्क रहेको छ । चीनको रक्षामन्त्रालयले अमेरिकाले आफ्नो शीतयुद्धको मानसिकता त्याग्नु आवश्यक रहेको बताएको छ । 

Share your thoughts!