ट्रम्पको नयाँ नीति : नेपालीलाई के असर ?

Posted on: February 01, 2018 | views: 517 एजेन्सी

वासिङटन, माघ १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भरेर अमेरिका जानेहरुका लागि नयाँ नियम प्रस्ताव गरेका छन् । उनले पछिल्लो समय अमेरिकाको आप्रवासीसम्बन्धी नीतिमा सुधारको लागि चार खम्बे नीतिको प्रस्ताव गरेका हुन् । 

उनले अहिले गरेको प्रस्तावमा अबको दिनमा अमेरिकाको डीभी भिषाको अन्त्य गर्दै योग्यताका आधारमा भिषा दिने नयाँ नीति ल्याउने घोषणा गरेका छन् । कुनै क्षमता र दक्षता नै नभएका बिदेशीलाई चिठ्ठाका आधारमा ग्रिनकार्ड दिने प्रणालीको कारण अमेरिकाको आप्रवासीको नीति नै जोखिममा परेको ट्रम्पको ठम्याइ छ । 

यसका साथै ट्रम्पले चेन माइग्रेसनलाई अन्त्य गर्ने घोषणा गरेका छन् । एक जनाले स्पोन्सर गरेर जति पनि पारिवारिक सदस्यलाई अमेरिका ल्याउन सक्ने अवस्था रहेकोमा अब पतिपत्नी र नाबालकलाई बाहेक अरुलाई स्पोन्सर गर्न नमिल्ने गरी नीति बनाउने प्रस्ताव गरिएको छ । 

यसैगरी उनले बाल्यकालमै अमेरिका ल्याइएका झण्डै १८ लाख अवैध विदेशी बालबालिकालाई नागरिकता दिने घोषणा गरेका छन् । शिक्षा र योग्यताको सर्त पुरा गरेकाहरुलाई नागरिकता दिन सुरु गरिने उनको घोषणा छ । यसले प्रविधिको क्षेत्रमा काम गर्ने मानिसहरुका लागि भने केही सहज हुने देखिएको छ । 

अमेरिकाले डीभी भिषा बन्द गरेमा त्यसको पहिलो असर नेपालीलाई पर्ने छ । यो प्रणाली अन्र्तगत भिषा प्राप्त गर्ने पहिलो नम्बरमा नेपालीहरु रहँदै आएका छन् ।  औसतरुपमा वार्षिक चार हजार नेपालीहरु डिभीमार्फत् अमेरिका जाने गरेका छन् । 

Share your thoughts!