अफगानिस्तानको ७० प्रतिशतभन्दा बढी स्थानमा तालिवानको दबदबा

Posted on: January 31, 2018 | views: 313 एजेन्सी

लण्डन, माघ १७ । अमेरिकी सेनाको सहयोगमा तालिवानविरुद्ध कारबाही जारी रहेको भए पनि अफगानिस्तानमा ७० प्रतिशतभन्दा बढी स्थानमा तालिवानको दबदबा रहेको विवरण सार्वजनिक भएको छ । बीबीसीले सार्वजनिक गरेको एक अध्ययनले सन् २०१४ यता अफगानिस्तानमा तालिवानको प्रभाव अत्यधिक मात्रामा बढ्दै गएको देखाएको हो । 

महिनौं दिनसम्मको अध्ययनको क्रममा अफगानिस्तानको सरकारी सेना कमजोर बन्दै गएको देखिएको हो । अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालसम्म अफगानिस्तानमा बस्ने घोषणा गरेका थिए । 

तीन वर्षयता अफगानिस्तानमा हिंसा पनि अत्यधिक मात्रामा बढिरहेको छ । सन् २०१७ को तेस्रो त्रैमासिक अवधिमा ८५ सयभन्दा बढी सर्वसाधारणहरुले आन्तरिक युद्धको कारण ज्यान गुमाएका थिए । पछिल्ले समय पनि अफगानिस्तानमा उल्लेख्यमात्रामा आक्रमणहरु भइरहेका छन् । पछिल्लो १० दिनमा मात्र एक सय ३० जना मानिसहरुको ज्यान गएको छ । 

Share your thoughts!