रुसलाई थप प्रतिबन्धको जरुरत छैन : अमेरिका

Posted on: January 30, 2018 | views: 384 एजेन्सी

वासिङटन, माघ १६ । अमेरिकाले रसियामाथि थप प्रतिबन्धको आवश्यकता नरहेको बताएको छ । पछिल्लो समय रसियाको हतियार कम्पनीहरुसँग विभिन्न मुलुकले अर्बाैं डलरको सम्झौता रद्द गरिसकेको अवस्थामा उसलाई थप प्रतिबन्ध लगाउनुको कुनै अर्थ नरहेको अमेरिकाले बताएको हो । 

अहिलेसम्म अमेरिकाको राजस्व विभागले अहिलेसम्म रसियाको तेलको व्यापार गर्ने उद्योगपतिसँगको सम्बन्धको सम्बन्धमा कुनै जानकारी भने दिएको छैन । भ्लादिमिर पुटिनसँग सबैभन्दा नजिक भएको कारण उनीमाथि प्रतिबन्ध लाग्ने सम्भावना धेरै रहेको विपक्षी सांसदहरुको अनुमान थियो । 

अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको प्रतिबन्धको माध्यमबाट विपक्षी मुलुकहरुलाई कमजोर बनाउने सम्बन्धी कानुन लागू गर्नका लागि गएको मंगलबार अन्तिम मिति रहेको थियो । यो कानुन राजस्व विभागले पारित गराउनु जरुरी थियो । अमेरिकी सांसदहरुलाई रसियालाई सहयोग गर्नका लागि ट्रम्पले रसियाको विरुद्धमा काम नगर्ने डर थियो । 

Share your thoughts!