काबुल आक्रमणको मर्नेको संख्या ९५ पुग्यो, विश्व समुदायद्वारा घटनाको भर्त्सना

Posted on: January 28, 2018 | views: 384 एजेन्सी

काबुल, माघ १४ । अफगानिस्तानको राजधानी सहर काबुलमा भएको बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । एक अस्पतालअघि शनिबार गराइएको एम्बुलेन्स बस विष्फोटमा परी थप एक सय ५८ जना मानिसहरु घाइते भएका छन् । 

अफगानिस्तानमा पछिल्लो एक सातामा गराइएको यो तेस्रो ठुलो विष्फोट हो । शनिबार दिउँसो गराइएको यो आक्रमणको जिम्मा तालिवानले लिएको छ । शनिबारको यो घटनापछि अफगानिस्तानको धेरै भीडहरु क्षेत्रहरुमा मानिसहरुलाई रोक लगाइएको छ । 

शनिबारको आक्रमण विदेशीहरुलाई लक्षित गरी अघि सारिएको जानकारी गराइएको छ । शनिबारको यो आक्रमणको विश्वका प्रमुख नेताहरुले भत्र्सना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो ग्युटर्सले पनि यो घटनाको भत्र्सना गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । 

Share your thoughts!