अमेरिकाको संघीय काम पुनः सुचारु

Posted on: January 23, 2018 | views: 292 एजेन्सी

वासिङटन, माघ ९ । अमेरिककी संघीय राज्यहरुमा जारी रहेको औपचारिक कामहरु पुनः सुचारु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको अस्थायी बजेटको विधयेक पारित भएसँगै मंगलबारदेखि काम सुरु हुनसक्ने देखिएको हो । 

रिपब्लिकन र डेमोक्रेट्सको बीचमा युवा आप्रवासीहरुको भविष्यको विषयमा चर्चाको सम्झौता भएसँगै डेमोक्रेट्सका नेताहरुले यो विधयेकमा सहमति जनाएका हुन् । 

यो विधयेक सोमबार प्रतिनिधिसभाबाट २६६–१५० तथा माथिल्लो सदनबाट ८१–१८ मतले पारित भएको थियो । यद्यपि यो विधयेकले ८ फेबु्रअरीसम्म मात्र काम गर्नेछ । उक्त अवधिसम्ममा दीर्घकालीन बजेट ल्याउनुपर्ने हुन्छ । 

गएको शनिबारदेखि हजारौं कर्मचारीहरु बेतलबी बिदामा थिए । उनीहरुका लागि भने यो समाचार केही सुखद रहेको बताइएको छ । रिपब्लिकनले संघीय राज्यहरु बन्द भएको बेला कुनै पनि सम्झौता सम्भव नरहेको बताएको थियो । साथै आप्रवासीको मुद्दामा राष्ट्रपति ट्रम्पले यदि यो मुद्दा मुलुकको लागि हितकारक भए आफू यसमा दीर्घकालीन सम्झौता गर्न तयार रहेको बताएका छन् । 

Share your thoughts!