शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरिया एकसाथ आउँदै

Posted on: January 18, 2018 | views: 269 एजेन्सी

सोल, माघ ४ । उत्तर र दक्षिण कोरियाबीचको तनाव कम हुँदै गएको छ । उत्तर कोरियाको परमाणु तथा मिसाइल परीक्षणपछि दुई मुलुक बीचको तनाव चरम विन्दुमा पुगेको थियो । यद्यपि दुई मुलुकले सबै तनावलाई पर सार्दै शीतकालीन ओलम्पिकमा एकैसाथ आउने निर्णय गरेका हुन् । 

यस पटकको शीतकालीन ओलम्पिक दक्षिण कोरियाले गर्दैछ । ओलम्पिक खेलको सुरुवात प्योंगयोङमा फेब्रुअरी ९ मा सुरु हुँदैछ । यो प्रतियोगिता २५ फेब्रुअरीसम्म चल्नेछ । यो प्रतियोगिताको उद्धाटन समारोहमा दुवै देश एकैसाथ राष्ट्रिय ध्वजाका साथमा देखिनेछन् । यो निर्णयको संयुक्त राष्ट्रसंघले पनि स्वागत गरेको छ । 

दक्षिण कोरियन अधिकारीहरुले बताएअनुसार उत्तर कोरियाको तर्फबाट यो प्रतियोगिताको लागि पाँच सय ५० सदस्यीय प्रतिनिधिमण्डल हुनसक्छ । यद्यपि यसको आधिकारिक घोषणा आगामी शनिबार स्विट्जरल्याण्डमा गरिने छ । 

Share your thoughts!