नाइजेरियाको पोलियो निवारण कार्यक्रममा गेट्सको संस्थाको सहयोग

Posted on: January 17, 2018 | views: 292 एजेन्सी

काठमाडौं, माघ ३ । बिल गेट्सको संस्थाले नाइजेरियाले पोलियो निवारण कार्यक्रमको लागि लिएको सात करोड ६० लाख अमेरिकी डलरबराबरको ऋण तिरिदिने निर्णय गरेको छ । 

बिल एण्ड मलिण्डा गेट्स फाउण्डेसनले अफ्रिकी मुलुकको जापानसँगको ऋण तिरिदिने निर्णय गरेको हो । पोलियो निवारणका लागि नाइजेरियालाई यो सहयोग दिन लागिएको हो । 

जापानले सन् २०१४ मा नाइजेरियाको पोलियो निवारणको कार्यक्रम (ओडीए)का लागि ऋण दिएको थियो । उक्त ऋण यस वर्षदेखि तिर्न सुरु गर्नुपर्ने हुन्छ र २० वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । 

नाइजेरियामा पछिल्लो समय निकै जोखिमपूर्ण स्थानमा पनि पोलियो निवारणको लागि खोपको कार्यक्रमहरु लागू भइरहेका छन् । साथै नाइजेरिया यो कार्यक्रममा सफल पनि देखिएको छ ।

सन् २०१७ मा नाइजेरियामा पनि कुनै पनि पोलियोको बिरामी देखिएका छैनन् । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले नाइजेरियालाई यस किसिमको सहयोग गर्न पाउँदा खुसी लागेको बताएको छ । यो संस्थाले विश्वका घातक रोगहरुको औषधि तथा रोग निवारणको लागि सहयोग गर्दै आइरहेको छ ।  

Share your thoughts!