बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दो

Posted on: July 31, 2019 | views: 266 रासस

धम्बोझी, साउन १५ । आर्थिक वर्ष २०७५-७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् । 

निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् । तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए । 

निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेको थपलियाको भनाइ छ । गत आवमा दुई जना मात्र पर्यटक निकुञ्ज भित्रिएका थिए । उनीहरुबाट  दुई हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । विसं २०६७ मा स्थापना भएको उक्त निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा बाघको सङ्ख्या २१ रहेको छ । 

Share your thoughts!