ट्विटरले दिनेछ ठूला घटना र समाचारको जानकारी

Posted on: June 24, 2018 | views: 503 एजेन्सी

काठमाडौं, असार १० । ट्विटरले आफ्नो सेवामा परिवर्तन गर्न लागेको जानकारी दिएको छ । कम्पनीका अनुसार अब ट्विटरमा वल्र्डकप, भूकम्प, शाही विवाह र चुनावजस्ता ठूला घटनाहरुलाई धेरै स्थान दिइनेछ, जसले चासोका साथ हेरिने ट्विटहरु सजिलै पाइनेछ । 

ट्विटरले लाइभ कार्यक्रम र समाचारमा महत्व दिँदै प्रयोगकर्ता र विज्ञापनदातासँगै अघि बढ्ने कोशिस गरेको छ । यता, फेसबुकले भने साथी र परिवारको पोष्टको तुलनामा न्युजलाई कम प्रथामिकता दिन थालेको छ । सनफान्सिस्कोमा प्रमुख कार्यालय रहेको ट्विटरले बताएको छ, ऊ आफ्नो ऐपमा यस्ता ठूला कार्यक्रमको जानकारी प्रयोगकर्तालाई पठाउनेछ, जसमा प्रयोगकर्ताको अत्यधिक रुचि हुनेछ । साथै, कम्पनीले ट्विटरको सर्च पेजमा एउटा क्षेत्रमा यस्तो कार्यक्रमको प्रमोशन पनि गर्नेछ । 

ट्विटरको प्रोडक्टका उपनिर्देशक किथ कोलमेनले भनेका छन्, ‘हामी ट्विटरलाई प्रयोगकर्ताको इच्छा र चाहनाअनुसारको सामग्री पस्कन प्रयोग गर्छौं ।’ साथै, किथले यो जानकारी पनि दिए कि अब त्यस्ता कार्यक्रम तथा घटना ट्विटरको टाइमलाइनको सबैभन्दा माथि देखिनेछ । ट्विटरले यस्तै प्रकारको फिचार ‘मोमेण्ट’ नाममा २०१५ मा लञ्च गरेको थियो । त्यही फिचरलाई ट्विटरले विस्तारमा ल्याउन लागेको हो । 



Share your thoughts!