डोटीमा प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गोल्डकप शुरु

Posted on: September 24, 2022 | views: 298 गणेश मौनी

डोटी, असोज ८ । सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ फुटबल प्रतियोगिता आजदेखि डोटीमा सुरू भएको छ । 

हिन्दुहरुको महान चाड वडा दशैँ तथा दिपावलीको अवसर पारेर भैरव प्रसाद गण डोटी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा खेल संचालन भइरहेको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए । 

गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको समेत प्रमुख सेनानी कार्किले बताए । 

प्रतियोगिताको एक कार्यक्रमकाबीच दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जनप्रतिनिधीहरु, खेलाडीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । 

पहिलो चरणका खेलहरू नकआउट सिष्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ । असोज १० गतेसम्म संचालन हुने गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिमबीच भइरहेको छ । खेलमा डोटी, अछाम, बाजुरा, कैलाली र डडेलघुरा जिल्लाका खेलाडीहरुको सहभागिता रहको छ । 


Share your thoughts!