स्वदेश फर्कँदै सन्दीप लामिछाने

Posted on: March 12, 2019 | views: 84 रासस

काठमाडौँ, फागुन २८ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोडेको थियो । उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

Share your thoughts!