विदेशी मुद्रासहित चिनियाँ नागरिक पक्राउ

Posted on: September 29, 2017 | views: 207 रासस

काठमाडौँं, असोज १३ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Share your thoughts!