काठमाडौं, जेठ १० । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयमा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।