बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

Posted on: October 30, 2021 | views: 134 सुशासन संवाददाता

बाँके, कात्तिक १३ । बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका-७  का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेका छन् ।

कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डीसहित ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

पक्राउ परेका तीनैजना उपर थप आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।




Share your thoughts!