प्रहरीलाई अभद्र व्यवहार गर्ने एक पक्राउ

Posted on: September 14, 2021 | views: 236 सुशासन संवाददाता

भक्तपुर, भदौ २९ । सूर्यविनायक नगरपालिका-५ सल्लाघारीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबार राति एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारी रहेका छन् ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!