प्रहरीमाथि हातपात गर्ने एक महिलासहित ४ जना पक्राउ

Posted on: September 09, 2021 | views: 330 सुशासन संवाददाता

काठमाडौं, भदौ २४ । कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँस्थित होटलकी संचालिका कास्की पोखरा महानगरपालिका-७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगर समेत ४ जना रहेका छन् ।

बुधबार राति उक्त ठाउँस्थित होटलमा हो-हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा होटलमा मादक पदार्थ सेवन गरी बसेका व्यक्तिहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेपछि रुपा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार कास्की वतन भएका २२ वर्षीय रविन थापा मगरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!