कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ

Posted on: August 06, 2021 | views: 421 सुशासन संवाददाता

बाँके, साउन २२ । नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित एक जना बिहीबार साँझ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय छोटेलाल राढ रहेका छन् ​।

हातहतियारको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले उनको साथबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!