भरूवा बन्दुकसहित ३ जना पक्राउ

Posted on: July 27, 2021 | views: 388 सुशासन संवाददाता

खोटाङ, साउन १२ । दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तालखर्कबाट खटीएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Share your thoughts!