८ जना जुवाडे पक्राउ

Posted on: July 27, 2021 | views: 343 सुशासन संवाददाता

सुर्खेत, साउन १२ । वीरेन्द्रनगर नगरपालिका-४ जुम्ला रोडस्थित दैलेख डुङगेश्वर गाउँपालिका-५ घर भएकी २६ वर्षीया शकुन्तला न्यौपानेको सुर्खेती स्टाफ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १४ हजार ९ सय ७० रुपैयाँ, विभिन्न बैंकका १३ थान चेक र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!