४३ लाख नगदसहित नागढुंगाबाट एक जना पक्राउ

Posted on: April 04, 2021 | views: 273 सुशासन संवाददाता

काठमाडौं, चैत २२ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशल रहेका छन् ।

शनिबार तुलसीपुरबाट काठमार्डौं आउँदै गरेको प्रदेश नम्बर-३-०१-००-६ ख ०९१२ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।

सन्दिपले रकमको स्रोत खुलाउन नसकेकाले महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!